असार २७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् । मौसम विश्लेषण (Meteorological Analysis):हाल मनसुन न्यूनचापिय रेखा (Monsoon Trough) नेपालको तराईको भू-भागमा अवस्थित छ र यो संगै मध्य र पुर्बी भूभागमा रहेको न्यून चापिया क्षेत्रका कारण र आगामि २-३ दिन सम्म मनसुन अति सक्रिय( Very Active) भैरहने सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status): हाल देशभर लगातारको मनसुनि वर्षा (Continuous Monsoon Rainfall) भै रहेको अवस्था छ। आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast): असार २७ गते (शुक्रबार) दिउसो: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । राति: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २८ गते (शनिबार) दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २९ गते (आईतबार) दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs): देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार