साउन १९, काठमाडौ । क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेले टोरन्टो नेसनलका लागि पहिलो खेल खेलेका छन् । पहिलो खेलमै उनी महंगो सावित भएका छन् ।ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए । उनले कोलिन मुनरोलाई आउट गरेका हन् ।ब्राम्प्टन वोल्भ्सविरुद्धको खेलमा सन्दीप महंगो सावित भए । पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै ४ चौका र १ छक्कासहित २४ रन खाए । उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे ।

आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए । इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए ।आफ्नो तेस्रो ओभरमा १ चौकासहित ७ रन खर्चिए । उनको सपोर्टका लागि क्यानडामा रहेका केहि नेपाली समर्थक रंगशालामा पुगेका थिए ।सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए ।

त्यस्तै ग्लोबल टी–२० को डेब्यू खेलमा नेपाली बलर सोमपाल कामी विकेटविहीन बनेका छन् । इडमन्टन रोयल्स विरुद्धको खेलमा दुई ओभर बलिङ गरेको सोमपालको स्पेल निकै महंगो बन्यो । १०औं ओभरमा बलिङ गरेका सोमपालले १५ रन दिए । उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले । त्यसपछि १६औं ओभरमा सोमपाल १८ रन खान पुगे । यो ओभरमा उनले दुई छक्का र एक चौका खाए । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विन्निपेग हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

विन्निपेगका लागि शैमान अनवरले ३५ बलमा ६२ रन बनाए भने जेपी डुमिनीले ४८ रन जोडे । त्यस्तै क्रिश लिनले ३३ न बनाए । सोमपाल कामीले पाँच बल खेलेर अविजित एक रन लिए ।बलिङतर्फ शदाब खानले तीन विकेट लिँदा बेन कटिङले दुई विकेट हात पारे । १९६ रनको लक्ष्य इडमन्टन रोयल्सले १७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अन्शुमन रठले उत्कृष्ट इनिङ खेले । ५० बल सामना गरेको रठले नौ चौका र चार छक्का प्रहार गरेका थिए । मोहम्म्द हफिजले पनि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५५ रन बनाए । जेम्स निशमले अविजित २८ रन बनाए भने नभनित धलिवालले १९ रन जोडे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार