साउन १८, काठमाडौ । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ। ‘कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेका आरोपमा उनलाई उक्त सजाय तोकिएको हो । बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न सात दिनको समय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो। हासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना पनि तोकेको छ। प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन्।

यो पनि पढ्नुहोस.. लुकाकु र डिबाला साटासाट गर्ने युनाइटेडको प्रस्ताव स्वीकार- पाउलो डिबालाले युभेन्टसमा अर्को सिजनका लागि मेडिकल टेस्ट नगर्ने भएका छन् । साथै उनले युभेन्टसको प्रशिक्षणमा पनि भाग नलिने बताइएको छ । कारण हो उनी अबको केही दिनमा टुरिन छाड्ने पक्का भैसकेको छ । म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु र पाउलो डिबाला साटासाट गर्ने युनाइटेडको प्रस्ताव स्वीकार भएको छ ।डिबाला वार्षिक ९ मिलियन पाउन्ड पारिश्रमिकसहित म्यानचेस्टरमा अनुबन्ध हुनका लागि तयार भएका छन् । केहिदिनअघि मात्रै डिबालाले प्रस्ताव स्वीकार गरेपछि प्रक्रिया अगाडि बढ्ने युभेन्टसले बताएको थियो ।

डिबाला कोपा अमेरिका पछिको बिदा सकाएर फर्किएका छन् । उनले युभेन्टसका नयाँ म्यानेजर माउरिन्हो सर्रिसँग छलफल गरेका थिए । चेल्सीका पूर्व म्यानेजर सर्रिसँग उनको यो भन्दा पहिले सम्पर्क थिएन । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै डिबालाले युभेन्टसमा धेरै संघर्ष गर्नुपरेको थियो । जहाँ उनले गएको सिजनमा १० गोल मात्र गर्न सकेका थिए । त्यस्तै युनाइटेडका लुकाकुले पनि धेरै पहिले नै क्लब छाड्न चाहेको कुरा सार्वजानिक भएको थियो । बेल्जीयन स्टार लुकाकुले सिरिए उत्कृष्ट लिग हुने विश्वास ब्यक्त गरेका छन् । उनी इन्टर मिलान जान चाहिरहेका थिए तर युभेन्टसले डिबालासँगको सम्झौतालाई सकरात्क रुपमा अगाडि बढाएकाले अब उनी युभेन्टस जाने छन् ।

कीर्तिमानी रकममा मागुइरे म्यानचेस्टर युनाइटेडमा अनुबन्धित- इंग्लिस डिफेन्डर ह्यारी मागुइरेका लागि लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच कीर्तिमानी रकममा सहमति जुटेको छ । युनाइटेडले इंग्ल्याण्डका सेन्टर डिफेन्डर मागुइरेका लागि ८० मिलियन पाउण्ड खर्च गर्ने भएको छ । मागुइरेले अघिल्लो वर्षमात्रै लेस्टारमा पाँच वर्षको सम्झौता गरेका थिए । मेडिकल टेस्टपछि मागुइरेको स्थाइ रुपमा वल्ड ट्राफोर्ड आउने छन् । युनाइटेडले डिफेन्डरका लागि विश्व कीर्तिमानी रकम खर्चिएको हो । यसअघि भर्जिल भ्यान डाइकलाई साउथह्याम्टन बाट एन्फिल्ड भित्राउँदा लिभरपुलले ७५ मिलियन पाउण्ड खर्चिएको थियो ।मागुइरे प्रिसिजनमा युनाइटेड आउने तेस्रो खेलाडी बनेका छन् । यसअघि युनाइटेडले आरोन वान बिसाका र डेनियल जेम्सलाई भित्र्याइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार