साउन १२, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो । सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो । सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरे । नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।

पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकाले ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ ।नेपाल र सिंगापुरबीचको फाइनल खेल सेन्टर विकेटमा खेलाइँदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन । यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो ।आज नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । कुवेत विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ । सिंगापुर विरुद्ध नेपालको प्लेइङ सेट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारी। सन्दिप लामिछाने करण केसी, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी,अभिनाश बोहोरा,रोहित कुमार पौडेल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार