साउन १२, काठमाडौ । आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा आइतबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले ताजा स्थितीमा 5 ओभरमा  1 विकेट गुमाएर 34 रन बनाएको छ । नेपाललाई करन केसीले पहिलो सफलता दिलाएका हुन् । उनले सिंगापुरका लाई आउट गरेका हुन् । पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ ।

नेपाल र सिंगापुरबीचको फाइनल खेल सेन्टर विकेटमा खेलाइँदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन । यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो ।आज नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । कुवेत विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ । सिंगापुर विरुद्ध नेपालको प्लेइङ सेट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारी। सन्दिप लामिछाने करण केसी, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी,अभिनाश बोहोरा,रोहित कुमार पौडेल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार