साउन ११, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५ र मोहमद अस्लामले २३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए । नेपाललाई यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुदद्ध खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार