साउन ११, काठमाडौ । आईसीसी टि–२० विश्वकप छनोटमा नेपाल अहिले कुवेतविरुद्ध खेल्दैछ । नेपालले कुवेतको आठ विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।  उनले आफ्नो व्यत्तिगत तेस्रो विकेटको लागि १४ औँ ओभरमा सिराज खानलाई ० रनमा आउत गरे । यस अघि उनले नवौँ ओभरको तेस्रो बलमा बिलाल ताहिरलाई कप्तान पारस खड्काको हातबाट क्याच गराए । त्यस्तै नवौँ ओभरको अन्तिम बलमा उस्मान वाहीदलाई एलबीडब्ल्यू आउट गराए । त्यस्तै छैटौं ओभरमा बसन्त रेग्मीले दुई विकेट लिएका छन् । छैटौं ओभरको पहिलो बलमा बसन्तले सान्दरुवानलाई बोल्ड गरेका थिए । आउट हुनुपूर्व उनले १५ रन बनाएका थिए ।

त्यसपछि छैटौं बलमा बसन्तले अद्नान इद्रीसललाई क्याच आउट गराएका थिए । इद्रीसले १४ बलमा २५ रनको आक्रामक पारी खेलेका थिए । उनले पाँच चौका प्रहार गरेका थिए । यसअघि पहिलो विकेट करण केसीले लिएका थिए । ओपनर मीत भब्सारलाई करण केसीले क्याचआउट गराए । विकेट किपर विनोद भण्डारीले क्याच गरेका थिए । ताजा अवस्थामा कुवेतले 17 ओभरको समाप्तिमा आठ विकेट गुमाएर 109 रन बनाएको छ । शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार