असार २९, काठमाडौ । आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले आइतबार मलेसियासँग दोस्रो टी–२० खेलिरहेको छ । ताजा अवस्थामा नेपालले ११ ओरमा ३ विकेट गुमाएर ७९ रन बनाएको छ । अहिले क्रिजमा सरद भेसवाकर र रोहित पौडेल छन् । किनरारा ओभल मैदानमा हुने खेलमा नेपाल विजयी भए सिरिज २–० ले जित्ने छ ।मलेसियासँगको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको हो ।

आइतबारको खेलमा पवन शर्राफ र अभिनाश बोहोरालाई मौका दिइएको छ । शनिबारको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याट्सम्यानकाबीचमा साझेदारी भने धेरैबेर जम्न सकेन । ओपनिङमा गएका प्रदीप ऐरी ड्रप भएका छन् । उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । भेटरान बलर बसन्त रेग्मीलाई पनि आराम दिइएको छ । युवा बलर अभिनाश बोहरा बलिङ एट्याकमा आउनेछन् ।सिंगापुरमा हुने विश्वकप टी–२० छनोटका लागि तयारी गरिरहेको नेपाल मलेसियाबाट २० तारिखमा उता प्रस्थान गर्नेछ ।

नेपालको प्लेइङ ११ यस्तो छ- पारस खड्का, ज्ञानेन्द्र मल्ल, पवन सर्राफ, रोहित कुमार पौडेल, शरद भेषावकर, विनोद भण्डारी ,अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, सोमपाल कामी र कर‌ण केसी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार