असार २२, काठमाडौ । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो ।निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेस्सीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा मेस्सी र मेडल दुबैले रातो कार्ड पाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टीमार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो । कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस ..विश्वकप क्रिकेट : श्रीलंकाविरुद्ध भारतको सानदार जित- ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ७ विकेटको सानदार जित हासिल गरेको छ । श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन् । एकै विश्वकपमा ५ शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन् । त्यस्तै रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् । ८ पारीमा रोहितले ६ सय ४७ रन प्रहार गरे । भारतका लागि रोहित र राहुलले पहिलो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरेका थिए । रोहितले ९४ बलमा १४ चौका र २ छक्काको साथ १ सय ३ रन बनाएर आउट भएपछि आएका कप्तान विराट कोहलीसँग मिलेर राहुलले थप ५५ रनको साझेदारी गरे ।

राहुलले १ सय १८ बलमा १११ रन जोडेका हुन् । उनले ११ चौका र १ छक्का प्रहार गरे । कप्तान कोहली ३४ रनमा अविजित रहे । बलिङतर्फ लसिथ मालिंगा, कासुन रजिथा र इसुरु उडानाले एक–एक विकेट लिए । यसअघि लीड्सको हिडिङले मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो मेथ्युजको शतकमा निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रनको योगफल बनाएको थियो । सेमिफाइनलबाट बाहिरिसकेको श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले शतकीय पारि खेल्दा लिहेरु थिरमानेले अर्धशतक बनाए । म्याथ्यूज ११३ रनमा आउट हुँदा थिरमाने ५३ रन बनाएर पेभेलियन फर्किएका थिए । धनञ्जय डी सिल्भा २६ रनमा नट आउट रहँदा अभिष्का फर्नान्डोले २० रनको पारि खेलेका छन् । भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार