जेठ २१, काठमाडौ । विश्वकप क्रिकेटको उपाधिको दाबेदारी इंग्ल्याण्डलार्ई पाकिस्तानले कडा झड्का दिएको छ । उसको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको यो संस्करणमा  पहिलो जित निकालेको हो । जसमा उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायो । पाकिस्तानले एकदिवसीय खेलमा ११ खेलपछि पहिलो जित निकालेको हो ।३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो ।सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो

त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाति खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । इंग्ल्याण्डका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जोनी बेयरस्टो ३२ रनमा पेभेलियन फर्किए ।र पाँचौ विकेटका लागि जोय रुट र जस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए । जसमा रुटले शतकीय पारी खेले । तर रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भएपछि इंग्ल्याण्डले दुई सय ४८ रनमा पाँचौ विकेट गुमायो ।

त्यसपछि जस बटलरले पनि शतक प्रहार गरे । विश्वकपमा कम बलमा शतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा शतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठूलो दबाबमा परेको थियो । त्यसपछि मोइन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिममा जितका लागि २५ रन चाहिएको थियो । तर उसले पूरा गर्न सकेन ।

बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वहाब रियाजले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनायो । उसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फखर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर आजमले ६३ र मोहम्मद हफीजले ८४ रन थपे ।यस्तै कप्तान सरफराज अहमदले ५५ रनको योगदान गरे । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि आजम र हफीजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे । त्यसपछि चौथो विकेटका लागि हफीज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्यतिर अगाडि बढेको थियो । इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३–३ विकेट लिए । त्यस्तै मार्क वुडले २ विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार