जेठ १८, काठमाडौ । आईसीसी विश्वकप सुरु भएसँगै यो पटकको विश्वकप कसले जित्छ भनेर धेरै कौतुहल र भविष्यवाणी हुन थालेका छन् । यस्तैमा न्यूजिल्याण्डका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याक्कुलमले पनि भविष्य वाणी गरेका छन । उनका अनुसार आयोजक इंग्ल्याण्डसँगै भारत र अष्ट्रेलिया सेमिफाइनल पुग्ने भविष्यवाणी गरेका छन । यसका साथै उनले राम्रो रनरेट चौथो हुने टिमको नाम भने खुल्ला राखेका छन् ।

उनका अनुसार चौथो स्थानमा न्यूजिल्याण्ड, वेष्ट इन्डिज, दक्षिण अफ्रिका वा पाकिस्तान पुग्ने बताएका छन । ३७ वर्षीय म्याक्कुलमले अफगानिस्तानले पहिलो पटक विश्वकपमा श्रीलंका र बंगलादेशलाई हराउने बताएका छन । उनका अनुसार विश्वकपमा यसपटक पुछारमा रहने टिममा श्रीलंका र बंगलादेश हुनेछन् । किवीका पूर्व कप्तानको भविष्यवाणीम अष्ट्रेलिया का पूर्व कप्तान मार्क वाले पनि समर्थक जनाएका छन ।

म्याक्कुलमले इंग्ल्याण्ड नौ खेलमा आठ खेल जित्ने दाबी गरेका छन । उनले त्यो एक खेल अष्ट्रेलियाविरुद्ध हुने समेत बताए । अभ्यास खेलमा इंग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तै विराट कोहलीको टिम भारत इंग्ल्याण्डसँग हार्न सक्ने अनुमान गरेका छन् । म्याक्कुलमका अनुसार भारतले लिग चरणमा नौ खेलमा आठमा जित निकाल्न सक्ने बताए । यता अष्ट्रेलियाले लिगमा तीन खेलमा हार्ने, जसमा वेष्ट इन्डिज, भारत र पाकिस्तानसँग हार व्यहोर्नुपर्न सक्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार