जेठ ८, काठमाण्डौ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीप आज अष्ट्रेलिया प्रस्थान गरेका हुन् । केही दिन चितवनमा घर परिवारसँग बिताएका सन्दीप अष्ट्रेलिया बाट जुनको दोस्रो साता फर्कने जनाइएको छ । नेपाली क्रिकेटको विकासका विषयमा अष्ट्रेलियामा छलफल गर्ने सन्दीपले बताए । नेपालले एकदिवसीय वरीयता पाएपछि पछिल्लो समय नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेकाले नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा केही पहल गर्ने उनको भनाइ थियो ।अष्ट्रेलियाको बिग ब्याशमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए । उनले नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अष्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार