जेठ ०१ काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले परिवारमा ‘नयाँ सदस्य’ थपेका छन् । आईपीएलको १२ औं सिजनको खेल खेलेर स्वदेश फर्कनासाथ उनको परिवारमा थपिएको नयाँ सदस्य मान्छे वा कुनै जनावर नभएर महंगो मूल्य पर्ने स्पोर्ट्स बाईक हो । सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइकसहितको तस्बिर इन्टाग्राममा पोस्ट गरेका छन् । उनले बाइकलाई परिवारमा नयाँ सदस्य थपिएको भन्दै स्ट्याटस लेखेका छन् । उनले नेपाली बजारमा ९ देखि १० लाख पर्ने बिएमडब्लु जी ३१० मोडलको बाइक किनेका हुन् । सन्दीपले आईपीएलको यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका थिए । स्वदेश फर्किएका उनी प्रधानमन्त्री कप नखेल्दे गरी आराममा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार