वैशाख ३१, काठमाडौं । इन्डियन प्रिमियर लिगमा भाग लिएर फर्केका नेपाली बलर सन्दीप लामिछाने आईपीएलबाट यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले उक्त रकम प्राप्त गर्ने भएका हुन् ।

इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ । आइपीएलको नियम अनुसार उक्त रकमको ५० प्रतिशत रकम दिल्ली क्यापिटल्सले खेलाडीलाई दिनुपर्ने हुन्छ । जस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् । त्यो रकमलाई नेपाली रुपैँयामा ढाल्दा साढे २० लाख रुपैयाँ हुन आउछ ।

यसका साथै सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए । त्यसपछि यो सिजन आइपीएल खेलेवाफत सन्दीपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो । यसको अर्थ उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए । त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार