बैशाख २७, काठमाडौं । अहिले इन्डियन प्रिमियर लिगमा दिल्ली र चेन्नाई भिडिरहेका छन् । ताजा स्थितीमा 13 ओभरमा 5 विकेट गुमाएर दिल्लीले 80 रन बनाएको छ । उसका लागि टप अडर्र ब्याटस्म्यानले गतिलो योगदान दिन सकेनन् । उसलाई खेलको दास्रो आभरमै कडा झड्का लागेको हो । उसका पृथ्वी शा ५ रनमै आउट भए । यो क्रम जारी रहदा मात्र ७५ रनमा ४ गुमाउन पुइगो । चेन्नाई सुपर किंग्स आईपीएलको साविक विजेता हो। दिल्लीले भने चेन्नाईलाई पराजित गर्दै पहिलो पटक फाइनल खेल्ने सपना बोकेको छ।

चेन्नाईसँगको खेलमा दिल्लीले यसअघि निराशा भोगेको छ। लिग चरणमा राम्रो प्रदर्शन गरेको दिल्ली चेन्नाईसँग बदला लिँदै इतिहास रच्ने रणनीतिमा छ। फाइनल प्रवेशमा मुम्बई इन्डियन्स बाधक बनेको चेन्नाई फेरि दिल्लीलाई हराउँदै फाइनलमा मुम्बईसँगको भेट पक्का गर्ने धुनमा छ। आजको खेलको विजेताले फाइनलमा मुम्बईको सामना गर्नेछ। बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई एक बल बाँकी हुँदा पराजित गर्दै दिल्लीले चेन्नाईसँगको भेट पक्का गरेको थियो। चेन्नाई भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको हो।

दिल्लीले आजको खेलमा नेपाली स्पिनर सन्दीपलाई खेलाएको छैन । उनी पछिल्ला खेलमा लगातार र प्लेइङ ११ मा पर्न सकेका छैनन्। आईपीएलको ११ औं संस्करणमा दिल्लीबाट डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका थिए। उनले बलिङ इकोनोमीमा भने सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ । बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। त्यसपछि उनले खेल्न पाएका छैनन्। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार