बैशाख ११, काठमाडौ । इण्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । चेन्नइस्थित एमए चिदम्बराम स्टेडियममा भएको खेलमा शेन वाट्शनले आक्रामक इनिङ खेले । ५३ बलमा ९६ रन बनाएपछि हैदराबादले दिएको १७६ रनको लक्ष्य चेन्नइले हासिल गर्‍यो ।वाट्सनले ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।सुरेश रैनाले पनि २४ बलमा ३६ रन बनाएका थिए ।टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा चार विकेट गुमाउँदै १७५ रन बनायो ।उसका लागि मनिष पाण्डेले ८३ रन बनाए । उनले ४९ बलमा ७ चोका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै डेविड वार्नरले ५७ रनको योगदान दिए भने विजय शंकरले २६ रन बनाएको थियो ।बलिङतर्फ हरभजन सिंहले दुई विकेट लिए । जितसँगै चेन्नइले आईपीएल तालिकामा १६ अंक जोडेको छ । हैदराबादको भने १० अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार