असार १६, नुवाकोट । नुवाकोटको पन्चकन्या २ कबिलास सहरेटारमा हिजो असार पन्ध्रको अवसरमा धान दिबस कार्यक्रम भब्य रूपमा मनाइएको छ ।

काठमाडौं सम्पर्क मञ्च र नेकपा एमाले पन्चकन्या गाउपालिकाको संयुक्त आयोजनामा धान दिबस मनाइएको हो । हरेक बर्षझैं यसपाली पनि सम्पर्क मन्चले असार १५ मा रोपाई महोत्सव गरेको हो ।

 

कार्यक्रममा अतिथीहरुको मन्तव्यपछि सम्पूर्ण अतिथी तथा स्थानियहरु मिलेर बाजागाजा सहित असारे गित गाउँदै दोहोरी खेलेर रोपाइँ गरेका थिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा साम्सद राजेन्द्र पाण्डे , एमाले नुवाकोट जिल्ला कमिटी अध्यक्ष नारायण खतिवडा ,बिदेश बिभाग सदस्य केशव पाण्डे, ३ न प्रदेश सदस्य सुर्य कंडेल ,बद्री मैनली, केपि लामिछाने, पुर्णलाल श्रेष्ठ, दिपेश भेटवाल, बिष्णु दाहाल,लोकनाथ सापकोटा ,बालकृष्ण आचार्य आदिको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार