साउन ३२, नवलपुर । कावासोती नगरपालीका ११ लोकाहामा सवारी दुर्घटना हुँँदा ५ जना घाईते भएका छन् । करिव २ बजेको समयमा कावासोती नगरपालीका ११ लोकाहामा पूर्व बाट पश्चिम तर्फ आँउदै गरेको बा १४ च ८६८४ नं. को कार र बिपरित दिशा बाट जादै गरेको लु १ ख ७९८९ नं. को बस एक आपसमा ठक्कर खाँदा कार चालक सहित कारमा सवार अन्य ४ जना पनि घाईते भएका हुन् ।घाईतेलाई उपचारका लागी कालीगण्डकी अस्पताल कावासोती ल्याइएको छ । कार, बस र बस चालक जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । घाईते हुनेहरुमा कावासोति नगरपालिका ८ का ५१ बर्षका किरण राई, सोहि स्थानका बर्ष ४० का बिष्णु चौधरी, बर्ष ३४ कि ललिसरा मर्साङ्गे मगर, बर्ष ४२ का रमेश थापा र गुल्मि घर भई हाल कावासोती बिहानी चोक बस्ने बर्ष १९ का सन्तोष खड्का रहेका छन् । घाइते मध्य खड्कालाई थप उपचारका लागी भरतपुर तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार