भदौ ०८, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९२ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैँया २५ पैसा र बिक्रिदर ७७ रुपैँया ६५ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ७२ पैसा र बिक्रिदर १० रुपैँया ७८ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार