साउन ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले आज ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा विभागको जिम्मेवारी टुंग्याएको हो । पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतमले पाएका छन् । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै , विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।

त्यस्तै प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजना विभागको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् । अरु कुन नेतालाई के जिम्मेवारी ? पूरा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्…

https://drive.google.com/file/d/1qizW1cMhNE6M086MHJKC869X_vDoGydb/view

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार