जेठ २६, काठमाडौं । आज बिहान करीब ११ः३० बजे चितवनमा बस र ट्याङ्कर ठोक्किँदा भएको दुर्घटना परी १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा एकआपसमा ठोक्किँदा बसमा सवार १८ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको मुग्लिन प्रहरीले जनाएको छ । केही घाइतेहरुलाई कुरिनघाटस्थित पोलिक्लिनकमा उपचार गराइरहेको र केहीलाई उपचारको लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार