जेठ २४, काठमाडौं । सरकारले जेठ २६ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भोटो देखाउने जात्रा परेकाले बिदा दिने निर्णय भएको हो । सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।यो पनि पढ्नुहोस्…

यस्ता छन् जन्डिस हुने कारण
जन्डिस विभिन्न कारणले हुने गर्छ । जसमध्ये रगतमा विलिरुबिनको मात्रा बढी हुुनु मुख्य कारण हो । साधारणतया रगतमा विलरुबिनको मात्रा एक मिलिग्रामभन्दा कम हुन्छ । तर, विभिन्न रोगका कारण यसको मात्रा तीन मिलिग्राम वा सोभन्दा बढीसम्म पुग्ने भएकाले छाला पहेँलो हुने गर्छ ।एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर, पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ । रगतमा भएको विलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइमको कमी हुँदा विलिरुबिनको मात्रा झन् बढेर जन्डिस हुन्छ । साथै, विविध कारणले पित्ताथैली बन्द हँदासमेत जन्डिस हुने गर्छ ।

लामो समयसम्म क्षयरोगको औषधि सेवन गर्दा, अत्यधिक मदिराजन्य पदार्थ सेवन गर्दा समेत जन्डिस हुन्छ । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार