वैशाख २७, काठमाडौं । दार्चुला जिल्लामा एक अभिभावकले आफ्नै ११ महिने अवोध शिशुको जलाएर हत्या गरेका छन् । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा बसोबास गर्दै आएका २२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेको घटना सार्वजनिक भएको हो ।

उनले घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । आफ्नै अभिभावकले एक अवोध बालिकाको किन हत्या गरे त्यसबारे भने कारण खुलाइएको छैन । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार