जेठ ३१, काठमाडौ । नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए ।पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ । घर निर्माणका क्रममा काम गर्दैगर्दा शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो । माडीस्थित बगौडा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला अध्यक्ष परियारको भनाई छ।५३ वर्षीय पौडेल हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए । दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद हुँदै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए । पौडेलका दुई छोरी छन् । श्रीमती गंगा वेल्वासे पनि राजनीतिमै छिन । स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार