वैशाख ३०, काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई प्रत्यक्ष/परोक्ष साथ र सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताउँदै आएको छ। कुनै समय उनीसँगै एउटै मोर्चामा रहेका नेताहरू अहिले सरकारमा छन्। तर तिनै नेताहरू विप्लवले आफूहरूलाई मार्न पार्टी बैठकबाटै निर्णय गराएर मान्छे खटाएको बताउँदै छन्। प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । सरकारको भनाइलाई आधार मान्ने हो भने शीर्ष नेताहरूको समेत हत्या योजना तपाईंहरूले पार्टी बैठकबाटै बनाउनुभयो रे, के भन्नुहुन्छ ? भन्ने प्रश्नमा विप्लवले भने, “यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ। यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरूलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ।” यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार