वैशाख २६, काठमाडौं । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ ।तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त भत्ताको रकम राज्यकोषले बेहोर्नेगरी ५० प्रतिशत सुविधा बढाएका हुन् ।

सभामुख महराले व्यवस्थापन समितिको बैठक वैशाख १२ गते बोलाएका थिए । मन्त्रिपरिषद्को चैत २१ गते बसेको बैठकले अतिरिक्त समय काम गरेबापत कर्मचारीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । नागरिकमा खबर छ । यो पनि पढ्नुहोस्…

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी: एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार