वैशाख २६, काठमाडौँ । स्थानीय, प्रदेश र केन्द्र तीनै तहको चुनावमा नराम्रो पराजय भोगे संगै इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेस पुरानो साख जोगाउन प्रयासरत छ । प्राय सधैभरी राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहेको कांग्रेस निर्वाचन पछि प्रतिपक्षको भुमिकामा समेत कमजोर अवस्थामा पुगेको छ ।

आन्तरीक रुपमा गुट उपगुटमा विभाजित कांग्रेसको विधान अनुसारका संगठन समेत चलायमान हुन सकेको छैन । भातृ तथा सुभेच्छुक संघसंस्थाको हालत पनि उस्तै छ ।ठुला–ठुला राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस सदनमा प्रमुख प्रतिपक्षको भुमिकामा भएपनि बहुमत प्राप्त कम्युनिष्ट सरकारले कांग्रेसको आवजलाई खासै महत्व दिईरहेको छैन । केन्द्र देखि गाउँतह सम्मै आफ्नो गुमेको साख जोगाउन कांग्रेसले वुधवार देखि एकमहिने जागरण अभियान सञ्चालन गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार