बैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज बुधवार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति  भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेकी हुन्।साथै राष्ट्रपति भण्डारीले उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले उपस्थित भएका थिए । साथै सो अवसरमा मन्त्रिगण, सांसद, सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार