वैशाख ०९, काठमाडौं । सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।ओलीले सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ’ प्रधानमन्त्रीको भनाई थियो ।

यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको आरोप लगाएका छन् । ओलीले कांग्रेस नेताहरू राजतन्त्र फर्काउन लागिरहेको दाबी गरे ।‘कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ,’ ओलीले भने, ‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।’

उनले कांग्रेसले आफूलाई लोकतन्त्रवादी भन्न छाडिदिए हुने सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार