काठमाडौं, ६ साउन । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् । नेपाल मगर संघ २. न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृहमन्त्री थापाले बर्षौदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका हुन् । नागरिक दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस..>>डा.केसीको माग सम्बोधन हुन्छ: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले डाक्टर गोविन्द केसीको माग चाँडै नै सम्बोधन हुने बताएका छन् ।शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले अनसनरत डाक्टर केसीको मागलाई लोकतान्त्रिक तरिकाले हल गर्ने सरकारले तयारी गरिरहेको बताए ।

डा. केसीले उठाएको सकारात्मक मागलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै गृहमन्त्री थापाले भने, ‘चिकित्सा शिक्षा सम्बन्धी विधेयक तयार पारिएको छ । जुन स्थगनको अवस्थामा थियो । तर डा.केसीको माग पूरा गर्न तयार गरिएको विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।’सरकारको विकास, शान्ति र समृद्धिको अभियानलाई रोकेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने षड्यन्त्र भइरहेको उनले बताए ।

जेठ १६ गतेबाकट जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं ल्याइएको थियो । शनिवार सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले एक विज्ञप्ति निकाल्दै सरकारले डाक्टर केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याएको बताएका छन् ।शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा डाक्टर केसीपक्षसँग सरकार वार्ता गर्न तयार रहेको र केसी पक्ष बिना शर्त वार्तामा आउन हाब्हान गरिएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार