साउन १७, काठमाडौ । भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो । एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन । नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ । एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।’ यो समाचार अन्नपूर्ण दैनिकमा तोयनाथ भट्टराईले लेखेका छन् ।

यो पनि पढ्नुहोस… सैनिक पोसाक लगाउन नागरिकलाई निषेध- नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो । गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक संझाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो पनि पढ्होस… एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार –नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात पकाउनेसम्म घरेलु कामदारका रूपमा प्रयोग हुँदै आएका छन् । त्यसो त सेना, प्रहरी र सशस्त्र प्रहरी गरी करिब १५ हजार सुरक्षाकर्मी व्यक्तिगत सुरक्षामा नै परिचालन हुने गरेका छन् । तीमध्ये एक हजार घरेलु कामदारका रूपमा कार्यरत छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी नयाँ कार्य्विधि बनाएर घरेलु कामदारको व्यवस्था हटाउने बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार