साउन १६, काठमाडौ । बिर्तामोड–६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (नाम परिवर्तन) । सानीमाया साउन १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पु¥याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लगेर डिल्ली पुगेकी थिइन् ।

दुवैले करिब डेढ महिना दिल्लीको जाडो भोगे । दलालले तीन–चार दिनपछि उडाउँछु भनेर आश्वासन दिएको थियो तर डेढ महिनासम्म नपठाएपछि रुपाले भनिन्, ‘मलाई विदेश जानु छैन, घर फाईइदेऊ ।’रुपाले यति भनेपछि दलाल कुवेत पठाउन सहमत भए । इन्दिरा गान्धी विमानस्थल पु¥याएर फर्कनुअद्धि ती दलालते हामतामा टिकट र पासपोट थमाउँदै भने, ‘दुबई पुगेर जहाज फेर्नुपर्छ है, ध्यान दिनुहोला’ रुपा र सानीमायालो नपत्याउने कुरै थिएन । ९ फागुनमा दिल्लीबाट उडेको करिब ३ घण्टापछि जहाज रोकियो । रुपा र सानीमायाले ठाने–दुबइ आइपुग्यो, अब कुवेतका लागि अर्को जहाज चढ्नुपर्छ । हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी काइँगुइँ गर्न थाले । केही समयपछि प्रहरीले आयर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । यो समाचार कान्तिपुर दैनिकमा पर्वत पोर्तेलले लेखेका छन् ।

यो पनि पढ्नुहोस आफ्नै नजरमा नेकपाः नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ । वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ । राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणतर्फ अगाडि बढ्ने पार्टीको मुख्य कार्य्दिशाका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार