९कबिलास, भद्रुटार, पन्चकन्या, थप्रेक तथा चौघडाका केहि वडालाई समेटेर प्रस्ताव गरिएको पन्चकन्या गाउँपालिकाको बिकास सम्भावना बारे मत०
स्थानिय तह पुनर्सरचना सम्वन्धी सिफारिसमा कबिलास, भद्रुटार, पन्चकन्या, थप्रेक, र चौघडाका केहि वडालाई समेटेर प्रस्तावित पन्चकन्या गाउँपालिकामा भौगोलिक, सांस्कृतिक, एतिहासिक र जातिय हिसावबाट समानता पाउन सकिन्छ। बिकासको गोरेटोमा निकै पछाडी, गरिव दलित र जनजाती समुदायको बाहुल्यता साथै मुख्य पेशा कृषी, पशुपालन र बैदेशिक रोजगारी रहेको यस गाउँपालिकाले उपयुक्त नेतृत्व पाएमा यो क्षेत्र विकासको पथमा छिटो लम्किन सक्ने सम्भावना मैले देखेको छु ।
१० यस क्षेत्रमा भएका प्राकृतिक र धार्मिक सम्पदा तथा मठमन्दिरलाई पर्यटकिय स्थलको रुपमा बिकसित गर्न सकिन्छ, जसमध्य पन्चकन्या गाबिसमा अवस्थित मनोरम स्थल घलेभन्ज्याङ र मोठभन्ज्याङमा आन्तरिक तथा अन्तराष्ट्रीय पर्यटन बिकाशको प्रशस्त सम्भावना छ ।
२० चौघडालाई मत्स्यपालन र पशुपालनको केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।
३० थप्रेक लगायतका गाउँमा तामाङ समुदायको संस्कृती र परम्पराको प्रवर्धन गरी होमस्टेको बिकाश गरेमा सो क्षेत्रको पर्यटन विकासबाट गरिवी निवारण हुनुका साथै बिदेशी मुद्रा आर्जन गर्न सकिन्छ । स्थानिय सामुदायिक बन ब्यबस्थापनमा महिला दलित जनजाती लगायतको सहभागिता वृद्धि गर्दै आयआर्जन कृयाकलाप संग जोडी ठुलो लाभ पुर्याउन सकिन्छ ।
४० कबिलास र भद्रुटार गाबिसको तल्लो बेल्ट ९बेसी फाँटमा० घरेलु कृषी तथा अन्य उत्पादनजन्य उधोग स्थापना गरि स्थानियहरुलाई रोजगारी सृजना गर्न सकिन्छ भने माथिल्लो भेगमा कृषी उत्पादन बृद्धी कार्यक्रम, नगदे बाली, कफीरसुन्तला खेती लाई प्राथमिकता दिएर न्युन आय भएका कृषकको जिवनस्तरमा सुधार ल्याउन सकिन्छ ।
यसकारण पनि मैले प्रस्तावित पन्चकन्या गाउँपालिका लाई बिकसित र उदाहरणिय गाउँको रुपमा स्थापित गर्न सकिने सम्भावना देखेको छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार