जेठ २६, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीको क्रममा कतार पुगेका नेपाली कामदारहरुको बारेमा अत्यन्तै दुःखद् खबर सार्वजनिक भएको छ । आगामी सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा धेरै संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

कतारमा विश्वकप फुटवलको लागि स्टेडियम बनाउने क्रममा हालसम्म करिब १४ सय नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले खुलासा गरेको छ । जर्मनीको डब्लुडिआर टेलिभिजनले ‘ट्रयाप्ड इन कतार’ नामक उक्त अनुसन्धानात्मक डकुमेन्ट्रीमार्फत धेरै संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ ।

डकुमेट्रीका अनुसार निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ ।मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत पाएका छैनन् । डकुमेन्ट्रीमा कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु समावेश गरिएको छ । डकुमेन्ट्रीमा कतारमा रहेका नेपाली कामदारहरुसँगको संवाद पनि देख्न सकिन्छ । डकुमेन्ट्रीमा नेपाली कामदारहरुले क्याम्पमा आधारभूत आवश्यकताका वस्तु बिनै बस्नुपरेको अवस्था देखाइएको छ । भिडियोमा नेपालीहरुले आफूहरुलाई न्युनतम ज्याला समेत नदिइएको बताएका छन् ।

उक्त डकुमेन्ट्री शुक्रबार सार्वजनिक गरिएको थियो । तल हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार