जेठ १२, काठमाडौं । ओमनमा २ नेपाली युवतीको रहस्यमय मृत्यु भएको छ । ओमनको सललाहा शहरमा कार्यरत मोरङकी २५ वर्षीय अप्सरा दाहाल र बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको हो ।मस्कटस्थित नेपाली दूतावासले हाल प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । अप्सरालाई चक्कु लागेको अवस्थामा प्रहरीले फेला पारेको सूचना प्राप्त भएपछि घटनाको अबस्था बुझ्न श्रम सहचारीलाई पठाएको ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिएकी छन् ।हाल मृतक दुबै जनाको शब अल सुल्तान कावुस अस्पतालमा राखिएको छ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । यस्तै बर्दियाकी सुनिता सार्कीको पनि शंकास्पद मृत्यु भएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार