भदौ २६, काठमाडौ । क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । बारबाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा गत सिजनको पूर्व टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्स का तीन जना ब्याट्सम्यानलाई आउट गरेका हुन् ।टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।उसका लागि लेनिको बाउचरले अविजित ६२ रनको योगदान दिए भने जनसन चार्ल्सले ५२ रन जोडे । यस्तै जेपी डुमिनीले ४३ रन बनाए । १८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सको इनिङ्स १५ ओभरमा जारी रहँदा मैदानमा वर्षा भएपछि केहीबेर खेल पनि रोकिएको थियो । नेपालका सन्दीपले ५ औं ओभरमा पहिलो बलिङ गरेका थिए । पहिलो ओभरमा उनले ७ रन खर्चिएका थिए । दोस्रो ओभर ११ ओभरमा गरेका थिए ।

जसमा सन्दीपले सुरुवाती चार बल डट फाले । पाँचौं बलमा शमर ब्रुक्सले छक्का हाने । अन्तिम बलमा एक रन दिए । त्यसपछि १३औं ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका थिए । पहिलो बलमा ब्रुक्सलाई सन्दीपले क्याचआउट गराउँदै व्यक्तिगत पहिलो सफलता हात पारे । दोस्रो बलमा लाउरी इभान्सले दुई रन लिए ।तेस्रो र चौथो बलमा कुनै रन भएन । पाँचौं बलमा इभान्सले चौका प्रहार गरे । इभान्स सेन्ट बारबाडोसका लागि खतरा बनिरहेका थिए । उनले १० चौका र एक छक्का प्रहार गर्दै ६४ रन जोडिसकेका थिए । तर, सो ओभरको अन्तिम बलमा इभान्सलाई सन्दीपले क्याचआउट गराएपछि बारबाडोसले छैटौं सफलता पायो भने सन्दीपले व्यक्तिगत दोस्रो सफलता हात पारे । त्यसपछि १५ औं ओभरमा सन्दीपले कार्लोस ब्राथह्वाइटको विकेट लिए । १५ औं ओभरमा तेस्रो बलमा ब्राथह्वाइटलाई सन्दीपले एलबीडब्लूको धरापमा पारेका हुन् । यसैबीच सन्दीपको टिम १० रनले विजयी भएको छ भने उनी म्यान अफ द म्याच समेत भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार