भदौ २४, काठमाडौं । हिजो तोलामा २०० रुपैँयाले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा नै ७०० रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ८७० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार