भदौ २३, काठमाडौं । हिजो तोलामा नै ५०० रुपैँयाले घटेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा नै २०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ८८० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार