भदौ १७, काठमाडौं । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नर्सिङ केयर गिभर’ मा जापान जान चाहने कामदारको भाषा र सीप परीक्षाको मिति तोकेको छ । मन्त्रालयले आउँदो अक्टोबर र नोभेम्बर महिनामा भाष र सीप परीक्षाको मिति तोकेको हो । भाषा र सिप परीक्षाका अक्टोबर २७ देखि २९ , नोभेम्बर ५ देखि ७ र नोभेम्बरकै १२ देखि १४ मा हुने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरेको छ । नसिर्कङ केयर गिभरमा जापान जान चाहने कामदारका लागि शैक्षिक योग्यता तोकिएको छैन । तर, भाषा र सीप परीक्षा भने पास गर्नुपर्ने छ । परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ ।परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा सेम्टेम्बरको पहिलो साताभरीमा जानकारी दिइने र सेम्टेम्बर अन्तिममा फारम भर्न सुरु हुने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जनाएको छ ।

नेपाली कामदारलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए पनि कुन कुन क्षेत्रमा कति संख्यामा कामदार लैजाने भन्ने विषय टुङ्गो लागेको छैन । परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । ‘एन–४’ तहको भाषा परीक्षा लिइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार