साउन ३२, नवलपरासी । बुधवार बिहान भासिएको पूलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले शनिवार निरिक्षण गर्नु भएको छ । पूर्व पश्चिम राजमार्गको अरूणखोलामा भासिएको पूलको निरिक्षण गर्दै तत्काल मर्मत गर्न समेत निर्देशन दिनु भएको छ । बुधवार विहान पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना.६ ख ४७१ नम्बरको ट्रकले नवलपुरको मध्यविन्दु ११ अरूणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पूल भासिएको थियो । पूल भासिएपछि केही समय आवतजावत मा रोक लगाइएको थियो । तर अहिले ठूला सवारीहरू पुल मुनि बनाइएको डाइभर्सनबाट पालैपालो एक तर्फिरूपमा सवारी साधन सुचारू भैरहेको नवलपुर प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस.. सप्तरीको दुर्घटनामा परेका चारै जनालाई काठमाडौँ पठाइयो- आज विहान सप्तरीमा भएको सडक दुर्घनामा परी घाइते भएका चारै जनालाई काठमाडौं पठाइएको छ । मृत्यु भएका रुपन्देहीका पत्रकार डायल्सन अधिकारीको शव भने पोष्टमार्टमा लागि रुपन्देही पठाइएको छ । गम्भीर घाइते चारै जनालाई विराटनगर ल्याइएकोमा केहीवेर अघि हेलिकप्टर मार्फत काठमाडौ पठाईएको मोरङ्गका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

रुपन्देही तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो । सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार त्यसका चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ । तिलोत्तमका वडाध्यक्षहरु सोहन चौधरी , तामानाथा पाण्डे र ब्यापार संघका अध्यक्ष अध्यक्ष जेपी कँडेल घाइते भएका छन् । मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा सम्मेलनमा सहभागी हुन उनीहरु त्यसतर्फ जाँदै थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार