साउन २९, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अन्तत: नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, दूतावास लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, अमेरिकाले भिसा नदिएपछि ठूलै खैलाबैला मच्चिएको थियो । उनलाई भिसा नदिएको विषयमा अमेरिकी दूतावासको चारैतिरबाट आलोचना भएको थियो । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले अमेरिकी दूतावासले फेरि बोलाएर भिसा दिएको बताए । अन्तत अमेरिकी दूतावास सन्दीपलाई भिसा दिन बाध्य भएको छ । सन्दीपले पनि ट्वीट गर्दै ‘समस्या समाधान’ भएको बताएका छन् ।

यो पनि पढ्नुहोस-अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि.. विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र इंग्ल्याण्डबीच को दोस्रो टेस्ट बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । पहिलो टेस्टमा उत्कृष्ट पुनराग मन गर्दै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो । यो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्ने सम्भावना रहेको छ । इंग्ल्याण्डका एन्डरसन घाइते भएपछि उनी प्लेयिङ सेटमा पर्ने सम्भावना रहेको हो । अस्ट्रेलियाका स्टार खेलाडी स्टीव स्मिथलाई चाँडै आउट गरेमा खेलमा फर्कन सजिलो हुने इंग्ल्याण्डको बुझाइ छ ।

बल टेम्पिरिङ अभियोगमा १ वर्षको प्रतिबन्ध पूरा गरेर यसै टेस्टमा स्मिथले कमब्याक गरेका थिए ।कमब्याक टेस्टमै दुवै इनिङ्समा शतक बनाएर सबैको ध्यान केन्द्रित गरेका छन् । इंग्ल्याण्डले पहिलो टेस्टमा पराजित भएपछि अहिलेसम्म दुई पटक मात्रै सिरिज जितेको छ । पहिलो पटक सन् १९८१ र २००५ मा इंग्ल्याण्डले पहिलो टेस्ट गुमाएर पनि सिरिज हात पारेको थियो । दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इंग्ल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार