साउन २९, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ । पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको हो । पुलमा क्षति पुगेपछि बिहानैबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाए को छ । ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ । साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ

यो पनि पढ्नुहोस.. लामो दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही हुने- साउन २९, काठमाण्डौ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्न सरकारले ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो । प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ । तर धेरै गाडी व्यवसायीले यो नियम पालना गरेका छैनन् । एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना हुने गरेको छ । लामो दूरीका तथा राति गाडी चलाउने चालक निदाउने, थकान र अरु मानसिक दबाबले दुर्घटना बढ्न थालेपछि विभागले दुई जना चालक हुनुपर्ने नियम पालना गर्न ध्यानाकर्षण गराएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार