साउन २६, अस्ट्रेलिया । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया(एनआरएनए)को आठौं अधिवेशन मेलवर्नमा नयाँ कार्य समितिलाई पदभार हस्तान्तरणका साथै दुई वर्षको कार्यकालमा उत्कृष्ट ठहरिएका व्यक्तित्वलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।विराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेर प्रारम्भ भएको अधिवेशनमा नयाँ कार्यसमितिमा निर्वाचित अध्यक्ष केशव कँडेल, महासचिव ज्ञानेन्द्र रेग्मीलगायत सम्पूर्ण पदाधिकारीको सपथग्रहण भएको थियो। कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घलेले एनआरएनको महत्व र यसको कार्यदिशाबारे प्रकाश पारेका थिए।यस्तै, कार्यक्रममा भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनले प्रवासमा बसेर मुलुकसँग जोड्ने सम्बन्धमा एनआरएनले संसारभर सम्बन्ध सेतुको काम गरेको बताए। एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका लागि तयार भएका हात विविध विषयमा अलमलिनु नहुने विचार व्यक्त गरे।

कार्यक्रममा एनआरएनका निवर्तमान अध्यक्ष टोनु गोथानेले वर्तमान अध्यक्ष केशव कँडेललाई पदभार हस्तान्तरण गरेका थिए। आठौं अधिवेशनमा एनआरएन अस्ट्रेलियासँग आवद्ध रहेर दुई वर्षभित्र समाजको वृहत्तर हितमा योगदान पुर्याउने एक दर्जन विधामा विभिन्न व्यक्तित्वलाई पुरस्कारद्वारा सम्मानित गरिएको थियो। अस्ट्रेलियाको नेपाली समाजमा रहेर सामाजिक भाइचार अभिवृद्धि गरे बापत पत्रकार माधव गैरेलाई वर्ष पत्रकारको उपाधिबाट पुरस्कृत गरिएको थियो। यस्तै, हेचएसइतर्फ उत्कृष्ट छात्रमा हिमप्रित गुरुङले विश्वविद्यालयतर्फ गोविन्द पौडेल, उत्कृष्ट खेलाडी पुरस्कार (१८)प्रशिद्ध पाण्डे , उत्कृष्ट वर्ष खेलाडीमा मोहन बम(जुडो) र प्रेम उप्रेती (क्रिकेट)ले उपाधि हात पारेका छन्।यसैगरी, अस्ट्रेलियाको नेपाली समाजको युवा वर्ष पुरस्कार सिसाका पूर्वअध्यक्ष विजय सापकोटालाई, एनआरएन वर्ष उपाधि क्यानबेराका सिताराम घिमिरे , वर्षको उत्कृष्ट संस्थामा नेपाल रिक्रेयसनल क्लब(एनआरसी) नेपाली संस्कृति सदभावना राजदूतमा क्यानबेराकी सम्झना सापकोटा र वर्षको उत्कृष्ट महिला पुरस्कार नेपाली कला संस्कृति साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेतलाई प्रदान गरिएको थियो। यस्तै एनआरएन विशेष पुरस्कारमा स्पेसल एचिभमेन्ट अर्वाड प्रमेज श्रेष्ठलाई, एनआरएनए विशेष पहिचान पुरस्कार रन्जु थापालाई प्रदान गरिएको थियो। त्यस्तै, अस्ट्रेलियाबाट यसै वर्ष पिएचडी सम्पन्न गर्ने हिमालय सिंह,सुमन ओझा, हिमाल कँडेल र मोम विश्वकर्मालाई एकेडेमिक अर्वाडबाट सम्मानित गरिएको थियो।

आठौं अधिवेशनकै क्रममा सम्मानित गरिएको अन्य विधाहरूमा फ्रेन्ड्स अफ नेपाल वर्ष पुरस्कारमा सु च्याम्बरलेन, वर्षका उत्कृष्ट उद्यमी व्यवसायीतर्फ कलेज तथा रेस्टुरेन्ट क्षेत्रमा चिनिएका प्रेम सापकोटा र राज खनाल, सामाजिक सेवातर्फ वर्ष पुरस्कार चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी र भुवन खड्का र विभिन्न राज्य व्यक्तित्व वर्ष पुरस्कारमा मल्टी डाइनामिक रियल स्टेटका मेघराज पौडेल, क्यानबेराका जीवन राना, सिड्नीकी जानकी रिमाल, एडिलेडका बिणु बगाले, श्रीकृष्ण ढुंगाना र देबकला श्रीशलाई प्रदान गरिएको छ। यस्तै एनआरएन अभियानलाई यस कार्यकालमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे बापत पुराना पत्रकार डिल्ली ढकाल, पर्थका अभियन्ता सुबास श्रेष्ठ ,ब्रिजबेनका सामाजिक अभियन्ता अभिमन्यु केसी, रियल स्टेट बिजनेसका अशोक थपलिया, मेलवर्नका सचिन योन्जन,निरु त्रिपाठी, लगायतलाई प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्ष टोनु गोथाने तथा महाचिव नारायण कोइरालाले दुई वर्षको कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार