राप्रपा निकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा राजवंशी

साउन २५, अस्ट्रेलिया । अस्ट्रेलियामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ। मेलवर्नमा एक समारोहका बीच पत्रकार सम्मेलन गर्दै प्रनेएस अस्ट्रेलिया घोषणा गरिएको हो। समितिको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन् भने सल्लाहकारमा दिपक गौतम, अध्यक्षमा अजय राजवंशी,वरिष्ठ उपाध्यक्षमा ऋषिकेष न्यौपाने,उपाध्यक्ष प्रमोद भण्डारी,महासचिव मिलन आचार्य,कोषाध्यक्ष अनुप ढकाल रहेका छन्। यसै समारोहमा अस्ट्रेलियाका विभिन्न राज्यहरूमा प्रमुख पनि चयन गरिएका छन्। समारोहलाई अतिथिको आसनबाट सम्बोधन गर्दै मेलवर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अस्ट्रेलियालाई शुभकामना दिँदै प्रवासमा आइपर्ने समस्याको समाधानको लागि समाजसँग हातेमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे। कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरूङ,समाजसेवी दीपक विष्टले शुभकामना दिएका थिए।

कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म,संस्कृति पहिचानको रक्षाको लागि समाज क्रियाशील हुने बताए। समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि बढ्ने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकोले सो पार्टीको नीति सिद्धान्त अनुसार प्रवास अस्ट्रेलपया अगाडि बढ्ने बताए। राप्रपाको विश्वको २५ देशमा शसक्त संगठन छ,विभिन्न मुलुकमा एनआरएनएका पदाधिकारी तथा सदस्यहरूमा पनि राप्रपाका प्रवासी नेताहरू निर्वाचित हुँदै आएका छन्। वैचारिक रूपमा प्रवासमा प्रवासी नेपाली एकता समाजको सशक्त भूमिका रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार