साउन २४, धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने घाइतेहरुको संख्या १४ पुगेको छ।प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् ।सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

यो पनि पढ्नुहोस मानसरोवर जाँदै गरेकी फ्रान्सेली महिला खोलाले बगाएर बेपत्ता -रसुवागढी मार्ग भएर चीनको मानसरोवरर्फ जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट बिहीबार बेपत्ता भएकी छन् । जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार बिहीबार बिहान पौने एघार बजे खुट्टा धुन खोलामा गएकी ७१ वर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगाएर बेपत्ता बनाएको हो ।रसुवा जिल्ला गोसाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा घटना भएको थाहा पाउनासाथ खोज उद्धारका लागि सीमाक्षेत्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।ठाडो खोलामा पानीको बहाव तीव्र भएको र घटनास्थल भोटेकोशी नजिकको गहिरो खोचमा रहे पनि सुरक्षाकर्मी उद्धारमा लागिपरेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो । हराएकी महिला काठमाण्डौको सत्यम टुर एण्ड ट्राभलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार