साउन २२, काठमाडौं । तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् ।उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहान बेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घा छेकने छत छ ।’दूतावासका गाडी पार्किङ गर्ने ठाउँमा उनीहरुलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाईरहेको छ । उनीहरुलाई कामाडौँस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो । कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

यो पनि पढ्नुहोस्…बजारको आधा सुन तस्करीबाट आपूर्ति….! गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्रा्ष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण उपलब्धि मानेको छ । हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चे्स्थित खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानथस्लबाट चार किलो अवैध सुन बरामद भएको छ ।  यी दुई घटनाले सुन तस्करको जालो अपत्यारिलो ढङ्गले जरा गाडेर बसेको स्पष्ट हुन्छ । अपराध अनुसन्धान विश्लेषक एवं पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सुन तस्करीमा नेपालको भूमि र भरियामात्र प्रयोग हुने गरेको बताउँछन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट अवैध रूपमा आयात भएको ३३ किलो सुनकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सुन भरियाको एउटा सञ्जाल भत्काए पनि अन्तर्रा्ष्ट्रिय सुन तस्कर, बेपत्ता ३३ किलो सुन र मालिकको पहिचान गर्न नसक्दा अपराधीको मनोबल बढेको छ । यही साउन ९ गते गोरखाको धार्चेमा १६ किलोसहित स्थानीय खच्चड व्यापारी धनकमल गुरुङ र २० गते आइतबार विमानस्थलबाट चार किलो अवैध सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । यी घटनामा अन्तर्रा्ष्ट्रिय तस्करको संलग्नता देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार