साउन २१, काठमाडौं । निरन्तर बढिरहेको सुनको भाउ आज पनि बढेको छ । आज मंगलबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।आज सुन तोलामा २०० सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६८ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६७ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७९५ रुपैँयामा कारोबार भइरहेको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघको भनाइ छ ।

सोमबार सुन तोलामै १५०० रुपैँयाले बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले बताएको छ । सुनको भाउ बढेपछि कारोबार अत्यन्तै न्यून भएको बताइएको छ ।आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायी मारमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार