साउन २१, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको बताएको छ । हाल देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको, पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको र पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान: श्रावण २१ गते (मंगलबार)दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखिन सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पुर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२ गते (बुधबार) दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। श्रावण २३ गते (बिहिबार) दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार