साउन २०, काठमाडौं । निरन्तर बढिरहेको सुनको भाउ आज पनि ह्वात्यै बढेको छ । आज सोमबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।आज सुन तोलामा नै १५ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६७ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६७ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला ७९५ रुपैँयामा कारोबार भइरहेको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघको भनाइ छ ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले बताएको छ । यसैबीच सुनको भाउ बढेपछि कारोबार अत्यन्तै न्यून भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार