साउन १९, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज ह्वात्यै बढेको छ । आज आइतबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।आज सुन तोलामा नै ५०० रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६६ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६६ हजार रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला ७७५ रुपैँयामा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार